Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महासंघ नेतृत्वको अन्तिम उम्मेदवारको नामवली आजै प्रकाशन हुने, ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी (सूची)


महासंघ नेतृत्वको अन्तिम उम्मेदवारको नामवली आजै प्रकाशन हुने,  ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी (सूची)

काठमाडौँ । नेपाल पत्रकार महासंघको नेतृत्वकालागि परेको उम्मेदवारीको अन्तिम नामावली आजै प्रकाशन हुने भएको छ । आजै उम्मेदवार उपरको दाबी विरोध र मनोनयनपत्र फिर्ताको समय निर्धारण  गरिएको छ । उम्मेदवार उपरको दाबी विरोध आज बिहान ११ बजे निर्धारण गरिएको छ । त्यस्तै, मनोनयनपत्र फिर्ताको समय बिहान ११ बजे निर्धारण गरिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन बिहान ११ बजेसम्मको समय दिइएको छ । महासंघको केन्द्रीय नेतृत्वमा अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ।  निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा गोविन्द प्रसाद चौलागाईं, दामोदर प्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला उपाध्यक्षमा २ जना, उपाध्यक्ष समावेशीमा ३ जनाको उम्मेदपारी परेको छ । यसैगरी महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने गरी ४ जनाको उम्मेदवारी परेको   छ ।

सचिव खुलामा ७ जना, सचिव महिलामा ३ जना, सचिव आदिवासी जनजातीमा ३ जना, सचिव मधेसीमा ३ जना, सचिव दलितमा ४ जना, सचिव एसोसिएटमा ३ जनाको उम्मेदवारी पर्दा कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेको निर्वाचनज समितिले जनाएको छ ।

सदस्यतर्फ कोशीमा ६, मधेसमा ५, बागमती (उपत्यकाबाहेक) ५, गण्डकीमा ५, लुम्बिनीमा ४, कर्णालीमा ४, सुदूरपश्चिममा ४, उपत्यका प्रदेशमा ६, प्रतिष्ठान प्रदेशमा ४, संस्थागत प्रदेश एसोसियतमा ३, खुला सदस्यमा १२ र महिला सदस्यतर्फ मधेसी २, आदिवासी जनजाति २, खस आर्य २ र दलित १ जनाको उम्मेदवारी परेको छ । महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मंसिर २८ मा हुनेछ ।