काठमाडौं । गैंडाको खाग तस्कर नियन्त्रण गर्न हेटौंडा उपमहानगरपालिका–८ मा नेपाली सेनाले हवाइ फायर गरेको छ । नेपाल प्रहरी, मकवानपुरका प्रवक्ता ठाकुर प्रसाद सापकोटाका अनुसार बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको बताए ।
खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । नेपाली सेनाको नयाँ गोरख गण सैनिकले ५ राउन्ड हवाइ फायर गरेको हो । घटनास्थलबाट १ जना पक्राउ परेका छन् ।