Wednesday, June 18, 2025

२०८२ असार ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से ३ दशमलव ९० अङ्कले घट्यो


नेप्से ३ दशमलव ९० अङ्कले घट्यो

काठमाडौं । शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ  आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।