Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा


काठमाडौं उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा

काठमाडौं । काठमाडौं उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा पुगेको छ । केही दिनदेखि नै वायु प्रदूषण बढेको काठमाडौंमा आज बिहादेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको हो । वायु गुणस्तर मापन सूचक एक्यूआई दिनभर नै २ सय ६० आसपासमा रहेको काठमाण्डौ वायु प्रदूषण उच्च रहेका विश्वका ठूला शहरको सूचीको पहिलो नम्बरमा रहेको विश्वव्यापी रूपमा हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएअरले जनाएको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि सबै वर्गका लागि अति अस्वस्थ हुन्छ ।

देशका बाँकी भूभागको मौसम सामान्यतया सफा देखिए पनि काठमाडौंको मौसम खुल्न सकेको छैन । वायुमण्डलमा धूँवा, धूलो भरिएका कारण यहाँको हावा विषाक्त बनेको र घामसमेत राम्ररी लाग्न नसकेको मौसमविद्ले बताएका छन् । हावा प्रदूषित भएकाले आँखा, नाक पोल्ने लगायतका समस्या देखिन थालेको छ । देशव्यापी डढेलो, आगलागीको घटना बढेका, ग्रामीण इलाकामा कृषि अवशेष जलाउने क्रम बढेको, गाडीको चापका कारण वायु प्रदूषण बढेको वायु गुणस्तर विज्ञको भनाई छ ।

काठमाडौंको कचौरा आकारको भूगोलका कारण पनि विषाक्त हावा बाहिरिन नसक्दा वायुमण्डलबाट धूँवा–धूलोका कण हट्न नसकेका हुन् । यसमा सुधार हुन कि पानी पर्नुपर्छ वा बतास चल्नुपर्छ । तर तत्काल वर्षा वा हुरीबतासको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।