Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको बढ्दो वैदेशिक व्यापार घाटा, १४८ देशमा कारोबार गर्दा ११९ देशसँग घाटा


नेपालको बढ्दो वैदेशिक व्यापार घाटा, १४८ देशमा कारोबार गर्दा ११९ देशसँग घाटा

काठमाडौँ । वित्तीय संस्थामा बढ्दो आर्थिक तरलताका कारण नेपालले वैदेशिक व्यापार घाटा बेहोरेको छ । चालु आर्थिक वर्ष २०८१—८२ को पाँच महिनाको अवधिमा नेपालले ११९ देशसँगको व्यापारमा घाटा बेहोरेको हो ।

यो अवधिमा कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनाको अवधिमा नेपाललाई भारतसँगको व्यापारमा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ घाटा भएको छ ।

तथ्यांकअनुसार नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँको सामान आयात गर्दा ५२ अर्ब १ करोडको सामग्री निर्यात गरेको  छ । त्यसैगरी चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ घाटा भएको छ ।

पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ अर्ब ३७ करोड ७४ लाखको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट १७ अर्ब ४५ करोड ८२ लाखको वस्तु निर्यात भएको छ ।

नेपाललाई दक्षिण एसियाली मुलुक अफगानिस्तानसँग भने फाइदा छ । पाँच महिनाको अवधिमा अफगानिस्तानबाट १ करोड २३ लाखको सामान आयात हुँदा ४० करोड ८१ लाखको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ ।

अष्ट्रिया, डेनमार्क, जर्जिया, इरान, आइसल्यान्ड लगायतका मुलुकसँगको व्यापारमा नेपाललाई फाइदा भएको छ । त्यसैगरी हङकङ, हंगेरी, ग्वाटेमाला, इस्टोनिया, फ्रान्स लगायतका थुप्रै मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ ।

नेपालमा पाँच महिनाको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको हो ।