Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेटौँडामा उत्पादित माछाका भुरा भारत निर्यात


हेटौँडामा उत्पादित माछाका भुरा भारत निर्यात

काठमाडौं, २० असार । हेटौँडा उपमाहानगरले प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गरिरहेको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् ।

विकासे जातका माछाका १० लाखभन्दा बढी भुरा भारत निर्यात गरिएको मत्स्य प्रवर्द्धन केन्द्रले बताएएको छ । केन्द्रले चालु आर्थिक वर्षको असार १५ सम्म चार करोड ५० लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको केन्द्रका प्रमुख सरोज यादवले बताए । किसानको मागअनुरूप विगतको तुलनामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै गएको छ ।

विगतमा प्रत्येक वर्ष ३ करोडदेखि ३ करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यस वर्ष उत्पादन बढेको हो । एकीकृत मत्स्य पालन प्रणालीअर्न्तगत बगुंर पालन पनि सुरु गरिएको छ ।

भौतिक संरचना सुधारका साथै आठ वटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताएका छन्। मत्स्य संग्रहालयअर्न्तगत संरक्षित माछाको नमुना तथा लिभफिस म्युजियम स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको पनि कार्यालयले बताएको छ ।