Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तपाईले पिउने पानी स्वच्छ छ ? विश्वमा दुई अर्ब २० करोड मानिस सुरक्षित पानी पिउनबाट बन्चित !

‘जीवन र खाद्यको आधार हो पानी’


तपाईले पिउने पानी स्वच्छ छ ? विश्वमा दुई अर्ब २० करोड मानिस सुरक्षित पानी पिउनबाट बन्चित !

काठमाडौं । ‘जीवन र खाद्यको आधार हो पानी’ मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य दिवस मनाइ रहेको छ । खाद्य दिवसको उपलक्ष्यमा कृषि विभागले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जोगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न विश्वभर नै यो दिवस मनाउँदै आएको जनाएको छ ।

विश्वमा करिब दुई अर्ब २० करोड मानिस अझै पनि सुरक्षित पानी प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँचमा रहेको कृषि विभागले जनाएको छ । त्यसका साथै किसानले भोग गरेको जग्गामध्ये सिँचाइ सुविधा ५४.४ प्रतिशतमा मात्र रहेको छ ।

विश्वव्यापी रूपमा रहेका चुनौतीलाई सामना गर्न ‘जीवन र खाद्यको आधार हो पानी’ मूल नारा दिएर खाद्य दिवस मनाउन लागिएको कृषि विभागले जनाएको छ । विश्वमा गएको ४० वर्षमा पानीको प्रयोग प्रतिवर्ष करिब एक प्रतिशतले बढिरहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ । विगतभन्दा प्रतिव्यक्ति शुद्ध पानीको स्रोत २० प्रतिशतले घटेको छ । एफएओका अनुसार करिब दुई अर्ब ४० करोड मानिस पानीको अभावग्रस्त देशमा बस्ने गरेका छन् जो अधिकांश साना किसान रहेका छन् ।

विश्वव्यापी रूपमा सिँचाइयोग्य जमिनले २० प्रतिशत खेतीयोग्य जमिनबाट ४० प्रतिशत खाद्यान्न उत्पादन भइरहेको एफएओका प्रमुख डा. स्यु डोम्युद्वारा जारी सन्देशमा उल्लेख छ । दिगो विकासका लक्ष्य हासिल गर्नका लागि २०३० को एजेन्डा हासिल गर्ने मुख्य केन्द्रबिन्दु पानी रहेको उनले उल्लेख गरे ।

पूर्वाधार अभावका कारण छेवैमा रहेको नदी तथा जलाशयसमेत प्रयोग गर्न नसकेको तितो यथार्थ रहेको बताउँदै कृषि विभागका महानिर्देशक केसीले बढ्दै गएको सहरीकरणका लागि सन् २०५० सम्ममा ८० प्रतिशतले पानीको माग बढ्ने प्रक्षेपण गरिएको बताए ।

प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने यो दिवस नेपालमा पनि सोही मितिमा मनाउने प्रचलन अनुसार असोज २५ गते मनाउने विभागका महानिर्देशक डा. हरिबहादुर केसीको भनाई छ । राष्ट्रियस्तरमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थासँगको समन्वयमा मूल समारोहका साथै प्रभातफेरी, विशिष्ट व्यक्तित्वको मन्तव्य, नारामा आधारित अन्तव्रिर्mया, लेखरचना तथा विभिन्न प्रतियोगिता र कृषकलाई सम्मानजस्ता कार्यक्रम गर्ने जानकारी दिए ।