Tuesday, June 24, 2025

२०८२ असार १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ पारित गरिने


प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि तालिका छ ।

त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

विनियोजन विधेयक पारित भएपछि विभिन्न मन्त्रालय, अन्य कार्यालय तथा कार्यक्रमका लागि विनियोजित रकम खर्च गर्ने बाटो खुल्नेछ ।