Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध


प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो ।

प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक प्रचार गरिएको दाबी समेत गरेको   छ । ‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’

विज्ञप्तिमा भनिएको छ।विद्युत् अवरुद्ध भएका ठाउँमा प्राधिकरणले देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध भएका अधिकांश स्थानहरूमा विद्युत् आपूर्ति भइसकेको पनि उल्लेख गरेको छ।