Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थाले


चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थाले

काठमाडौं, चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ। जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन लाग्यका छन् ।

तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताए।

उनका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख राजस्व सङ्कलन भएको बताइएको छ। आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरुप राजस्व सङ्कलन हुने केसीले बताए।