Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज देखि सुरू


आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज देखि सुरू

काठमाडौं, श्रावण २१ । आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको आइएलआई संकेतमा सेयर कारोबार खुला भएको हो।

बिहीबार कम्पनीको कुल ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले पहिलो कारोबारको लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसाको मूल्य रेञ्ज पाएको थियो।

सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो। नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।यस अवधिसम्म कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५८२ रुपैयाँ ४० पैसा पुगेको छ।