Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब देखि राष्ट्र बैंकले आयातको सुन २० किलो ल्याउन मिल्ने


अब  देखि राष्ट्र बैंकले आयातको सुन २० किलो ल्याउन मिल्ने

काठमाडौं, नेपाल राष्ट्र बैंकले दैनिक आयात सुनका परिमाणको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।

व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। सोही अनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ।

दसैंतिहार सुनको माग बढ्ने प्रमुख सिजन भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गरेका थिए।सामान्य अवस्थामा गत वर्षसम्म दसैँ–तिहारमा दैनिक ४० किलोसम्म सुनको माग हुने भएपनि यसपालि भने माग बढ्न नसकेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए।