Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारत आयलसँग मिलेर गोल्छा ग्ररुपले लुब्रिकेन्ट प्लान्ट खोल्ने


भारत आयलसँग मिलेर गोल्छा ग्ररुपले लुब्रिकेन्ट प्लान्ट खोल्ने

काठमाडौं । गोल्छा ग्ररुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याआधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । भारत आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी भारत आयल मरिसस लिमिटेडसँग कम्पनीले संयुक्त लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त प्लान्ट सन् २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका लागि दुवै कम्पनीले ५०,५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यसमा संयुक्त लगानीको पहिलो चरणअन्तर्गत अधिकारिक पुँजी लगानी ६० करोड बराबर हुने बताएका छन् ।