Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनएमबी बैंकले ल्यायो आकर्षक अफर


एनएमबी बैंकले ल्यायो आकर्षक अफर

काठमाडौं । एनएमबी बैंकले दुई नयाँ आकर्षक अफरहरूल्याएको छ। अफर अन्तर्गत ग्राहकहरूले इ(एनएमबी) एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्। चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस् यो अफरमार्फत् ग्राहकहरूले सहज र प्रभावकारी रूपमा रकम ट्रान्सफर गर्न सक्ने बैंकको भनाइ छ।

सो अफर साउन मसान्तसम्म लागु हुने कम्पनीको भनाइ छ। साथै बैंकले असार अन्तिमसम्म आफ्नो ग्राहकहरूलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ। बैंकको नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।  बैंकले हाल २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।