Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटियो


२१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ । गत आइतबारदेखि सञ्चालन गरिएको लाइन काट्ने अभियानअन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न ६ जिल्लाका दुई हजार १२७ जना सेवाग्राहीको विद्युत् लाइन काटिएको हो । साथै एक हजार २० जना सेवाग्राहीबाट एक करोड २३ लाखभन्दा बढी बक्यौता रकम असुली भएको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई।हरिप्रसाद पाण्डेले जानकारी दिए । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाहरुका १० विद्युत् वितरण केन्द्रहरुबाट आइतबारदेखि बुधबारसम्म गरी चार दिनको अवधिमा विद्युत् महसुल बापतको बाँकी बक्यौता रकम नतिर्ने दुई हजार १२७ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए ।