Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घिउ— तेल उत्पादनमा दिने छुटलाई निरन्तरता दिन आग्रह


घिउ— तेल उत्पादनमा दिने छुटलाई निरन्तरता दिन आग्रह

काठमाडौं । नेपाल घिउ–तेल उत्पादकहरूले उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थको आयातमा यो भन्दा अघि दिइएको छुटलाई निरन्तर दिन आग्रह गरेका छन्। सरकारले आगामी आर्थिक वर्षको लागि लिइएको आर्थिक विधेयकले घिउ–तेलमा करको दर समान राखे पनि छुटबाट हटाएको भन्दै निरन्तरता दिन आग्रह गरिएको हो।

अहिले कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। गत भदौमा सरकारले ऐन संशोधन गरेर भन्सार महसुलमा ९० प्रतिशत छुट दिएकोमा अहिले छुटलाई खारेज गरिएको छ। भारतले सबै कर गरेर ३७ प्रतिशतसम्म कच्चा प्रदार्थका तेलमा कर लगाउने गरेकोमा अहिले ५ प्रतिशतको जिएसटी मात्रै कायम राखेकोले पनि नेपाली उद्योगलाई प्रतिस्पर्धामा समस्या परेको उनीहरूको गुनासो छ।

हाल नेपालमा २६ वनस्पतिजन्य घिउ तेल उद्योगहरू सञ्चालनमा रहेका छन्। यी उद्योगमा १ खर्ब लगानी रहेको उद्योगीहरूको भनाइ छ।