Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने


राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने

काठमाडौँ । २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

नेपाल सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ ।