Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत् खरिदको रकमबाट बक्यौता कटाउन कुलमानले पठायो पत्र

प्राधिकरणलाई ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ तिर्न...


विद्युत् खरिदको रकमबाट बक्यौता कटाउन कुलमानले पठायो पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक लाइनको महसुल असुल गर्ने पत्र पठाएका छन् ।

प्राधिकरणको पत्रअनुसार पियोर इनर्जीमा पवन गोल्यानको लगानी छ । गोल्यानकै लगानीको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापत प्राधिकरणलाई ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ तिर्न बाँकी छ ।

यही कारण प्राधिकरणले पत्र लेखेर पियोर इनर्जीको विद्युत् खरिदको रकम क्रमशः कटाउँदै जाने जानकारी गराएको हो ।

प्राधिकरणको पत्रमा ‘नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ ९क० बमोजिम असुलउपर गर्न सक्ने व्यवस्था भएकाले निज गोल्यान समेतको लगानी भएको त्यस कम्पनीबाट बक्यौता असुल गर्नको लागि विद्युत् खरिद बिक्री सम्झौता अनुसार खरिद बापतको मासिक बिल भुक्तानी गर्नुपर्ने रकमबाट क्रमशः कट्टा गरी बक्यौता असुलउपर गरिने’ उल्लेख छ ।

विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिले उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले वैकल्पिक उपाय अपनाउन थालेको छ ।