Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन चाँदीको भाउ बढ्यो कतिमा हुँदैछ कारोबार


सुन चाँदीको भाउ बढ्यो कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।