काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्रीले ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई प्रहरी नायव महानिरीक्षकहरूमा बढुवा गर्ने निर्णय गरेका थिए । उनीहरूलाई सोमबार आईजीपी वसन्त कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान