Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश


पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बैंकर अनिल केशरी शाहले प्रवेश गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका हुन् ।

रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै शाहलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।

अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहका नाति हुन्। उनकी आमा नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाह हुन्। उनले तत्कालीन ग्रिन्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा सहायक तहबाट जागिर सुरु गरेका थिए। स्ट्यान्डर्ड चार्टर्ड छाडेर नबिल बैंकको महाप्रबन्धक भएका उनी महाप्रबन्धक भएको एक वर्षपछि सोही बैंकको सीईओ बनेका थिए।