Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंसत २३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।