काठमाडौं । नेपाल र बङ्गलादेशबिच आज ऊर्जा व्यापार सम्झौता हुन भएको छ । एक कार्यक्रमकाबीच दुई देशबिच ऊर्जा सम्झौता हुन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौताका लागि बङ्गलादेशबाट आउनुभएका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका ऊर्जामन्त्री दीपक खड्काबिच बुधबार ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको थियो । त्रिपक्षीय सम्झौतासँगै भारतीय प्रसारण लाइन हुँदै नेपालले जुनदेखि नोभेम्बरसम्म ४० मेगावाट विद्युत् भारत निर्यात गर्ने छ ।
मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना चाँडो अगाडि बढाउनुपर्ने, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरिदका लागि बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको जिएमआरबिचको विद्युत् बिक्रि सम्झौता अन्तिम चरणमा पुगेको भन्दै त्यसलाई चाँडो अगाडि बढाउनुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।