Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जर्जियाको गुदौरीमा ११ जना भारतीय नागरिक मृत फेला


जर्जियाको गुदौरीमा ११ जना भारतीय नागरिक मृत फेला

एजेन्सी। जर्जियाको गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिक मृत फेला परेका छन् । जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो । दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।


स्थानीय प्रहरीका अनुसार जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो । कार्बन मोनोअक्साइड ग्याँसका उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ । एएफपी समाचार एजेन्सीका अनुसार उनीहरु सुत्ने ठाउँमा मृत फेला परेका थिए र प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन । अधिकारीहरुका अनुसार शुक्रबार बत्ती गएपछि त्यहाँ तेलबाट चल्ने जेनेरेटर प्रयोग गरिएको थियो । यसबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।