Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ऋण उठाएर खर्च गर्दै सरकार ११ महिनामै ल्यायो ३ खर्ब


ऋण उठाएर खर्च गर्दै सरकार ११ महिनामै ल्यायो ३ खर्ब

काठमाडौं । सरकारले खर्च धान्न ३ अर्ब बढी ऋण उठाएको छ । सरकारले चालू आर्थिक बर्ष २०७९,८० को ११ महिनामा मात्रै ३ खर्ब रुपैयाँ भन्दा बढी ऋण उठाएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार सरकारले ११ महिनामा ३ खर्ब ६ करोड ३४ लाख रुपैयाँ ऋण उठाएको छ।

त्यसमा आन्तरीक मात्रै २ खर्ब २० अर्ब ३८ करोड रपैयाँ रहेको छ। वैदेशिक ऋण भने ७९ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यसपाली राजश्व लगायतका माध्यमबाट हुने सरकारको आम्दानी घटेको छ । सरकारको आम्दानी भन्दा खर्च नै झण्डै ३ खर्ब बढी रहेको छ। यसरी आम्दानीले खर्च धान्न नसकेपछि सरकार ऋण ल्याउन बाध्य भएको हो।

यस्तै, जेठ मसान्तसम्म सरकारको कुल ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म सरकारको तिर्न बाँकी ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ रहेको छ। त्यसमा सरकारले यो बर्ष ३ खर्ब ऋण ल्याएको छ । तर, यो बर्ष सरकराले १ खर्ब ४० अर्ब ११ करोड २६ लाख रुपैयाँ ऋणको सावाँ भुक्तानी गरेको छ ।

त्योअनुसार जेठ मसान्तसम्म सरकारको तिर्न बाँकी ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । त्यसमा आन्तरीक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ रहेको छ ।