Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द


नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कम ‘भिजिबिलिटी’ का कारण ती विमानस्थलमा उडान हुन नसकेका हुन् । जनकपुरमा समेत आज उडान प्रभावित भएको थियो । यो विमानस्थलमा निर्धारित ३ उडान रद्द भएका छन् । बाक्लो हुस्सु लाग्दा तराईका विमानस्थलमा हवाई उडान निरन्तर प्रभावित बनिरहेको छ ।