Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिवाइडी इन्टरनेसनल हट बेलुन महोत्सव हुने


बिवाइडी इन्टरनेसनल हट बेलुन महोत्सव हुने

काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेसनल हट बेलुन महोत्सव हुने भएको छ । पोखराको पामे क्षेत्रमा पुस ९ गतेदेखि नौदिने बिवाइडी इन्टरनेसनल बेलुन महोत्सव आयोजना गर्न लागिएको हो ।

आयोजक बेलुन नेपालका प्रबन्ध निर्देशक सविन महर्जनले अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत ३२ देशको सहभागिता रहने जानकारी दिए । बेलुन महोत्सवमा हरेक साँझ आतसबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङको पनि आयोजना हुने छ ।

प्रबन्ध निर्देशक महर्जनले महोत्सव पोखराको मात्र होइन, नेपालको अर्थतन्त्रमै कोसेढुङ्गाका रूपमा रहने दाबी गरे ।  पहिलो संस्करणको महोत्सवमा दुई दर्जनभन्दा धेरै बेलुन पर्यटन राजधानीको रूपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्ने छ ।

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गरी पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्नुका साथै साहसिक खेल पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखिएको छ ।