काठमाडौं । सुनचाँदी व्यवसायीहरूले आज देशभरका सुनचाँदी पसल बन्द गरेका छन् । सरकारको ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि आन्दोलन गर्दै आएका व्यवसायीहरूले आज पसल बन्द गरेका हुन् । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको उनीहरूको भनाइ छ । व्यवसायीहरूले सुनचाँदी विलासिताको सामान हैन भन्ने प्लेकार्ड बोकेर काठमाण्डौमा प्रदर्शनसमेत गरेका छन् ।
देशभरका सुनचाँदी पसल किन बन्द ?