Thursday, September 04, 2025

२०८२ भाद्र १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायाधीश कार्कीको इजलासमा पेसी


नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायाधीश कार्कीको इजलासमा पेसी

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा आजदेखि सुनुवाइका लागि पेसी तोकिएका  हो । पछिल्लो समय यो मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि साप्ताहिक पेशी सूचीमा राखिएको थियो ।

यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।