Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ बढ्दा चाँदी घट्यो


सुनको भाउ बढ्दा चाँदी घट्यो

काठमाडौं, भदौ १५। नेपाल सुनचाँदी व्यवसयाी महासंघले निर्धारण गरेको मूल्यअनुसार सुनको बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो। बिहीबार स्थानीय बजारमा छापावाला सुनको मूल्य १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य पाँच रूपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ४८० रूपैयाँमा कारोबार भएको छ।