Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थ्रीस्टार हाइड्रोपावरको आईपीओ असार ५ गतेदेखि बिक्री हुने


थ्रीस्टार हाइड्रोपावरको आईपीओ असार ५ गतेदेखि बिक्री हुने

काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गर्ने भएको छ  । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशनमा ल्याईसकेका छ ।

बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन हुने भएको हो । सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ ।