Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल र चीनबीच १४ वटा नाका खोल्ने सहमति


नेपाल र चीनबीच १४ वटा नाका खोल्ने सहमति

काठमाडौं । नेपाल र चीनबीचका १४ वटा नाका खुल्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालसँगका १४ वटा नाका खोल्ने सहमति भएको हो।

१४ मध्ये दुईवटा नाका डोल्पाका परेका छन्। शे फोक्सुण्डोको खुङला नाका र छार्काताङसोङ गाउँपालिकाको मर्युम नाका खुला गर्ने अनौपचारिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले जानकारी दिए।

नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले पास आवश्यक पर्ने बताएकाले चालू भएको छैन। प्रशासन कार्यालयले पास जारी गर्ने विषयमा गृह मन्त्रालयमा समन्वय गरेको जनाएको छ।

चीनसँगका नाकामा जारी गर्ने पासमा एकरूपता ल्याउन गृह मन्त्रालयले तयारी गरिरहेको जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए।