काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष पाएका छन् । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिस्तरीय निर्णय गरी दुई संस्थाको अध्यक्ष नियुक्त गरेका हुन् । यसमध्ये अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् भने पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । यसअघि नेप्सेको अध्यक्षमा शोभाकान्त पोखरेल थिए । उनी सचिवमा बढुवा भएसँगै उक्त पद खाली थियो । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए । उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए ।
नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीमा नयाँ अध्यक्ष