काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा पोखरा लगाएका स्थानमा भइरहेको प्रदर्शनका विषयमा नेकपा एमालेले आफ्नो ध्यानाकर्षण जनाएको छ ।
महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा रहदा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ ।
पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच रास्वपाका सांसदहरूको उपस्थिति गैरकानूनी भएको एमालेको ठहर छ ।