Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवासबारे प्रधानमन्त्रीको फैसलामा माधव नेपाल निर्दोष साबित


ललिता निवासबारे प्रधानमन्त्रीको फैसलामा माधव नेपाल निर्दोष साबित


काठमाडौं, भदौ १५। प्रधानमन्त्री दाहालले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल अब औपचारिक रुपमा निर्दोष साबित भएका छन् ।पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सिआइबीको अनुसन्धानपछि अब पहिलो पटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको फैसला सुनाए ।

प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो समाधान भएको बताएका छन्। उनले केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै त्यसबेला कतै षड्यन्त्र हुने हो कि भन्ने डर लागेको समेत सुनाए ।

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफैंले टुंगो लगाइदिएका छन् । पोखराको सभामा प्रधानमन्त्रीले ललिता निवासका दोषी जति मुद्दामा गएको भन्दै अदालतको फैसलाअघि नै आफ्नो राय दिएका हुन् ।