Friday, June 27, 2025

२०८२ असार १३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक बिहीबार घट्यो


नेप्से परिसूचक बिहीबार घट्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार पनि घटेको छ । यो साता मंगलबारदेखि नेप्से निरन्तर बिहीबारसम्म घटेको हो । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ४.४५ अंकले घटे पनि कारोबार रकममा सुधार आएको छ । यस दिन नेप्सेमा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यो साता मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार ०.३३ अंकले घटेको थियो । बिहीबार कारोबार सुरु हुँदा २६००.२० अंकमा रहेको नेप्से सूचक ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेको छ । बिहीबार बैंकिङ तथा बीमा कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र नेप्से सूचक घटेको हो ।