Tuesday, July 22, 2025

२०८२ श्रावण ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मङ्गलबारबाट ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ आयोजना हुने


मङ्गलबारबाट ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ आयोजना हुने

काठमाडौं । मङ्गलबार अर्थात् जेठ २० गतेदेखि ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो । तीन दिन सम्म चल्ने सम्मेलनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । ललितपुरको पुलचोकमा रहेको द प्लाजा होटेलमा २०, २१ र २२ गते सम्म चल्ने आयोजकले बताएका छन् ।

इन्भेष्ट फर इम्प्याक्ट नेपालद्वारा आयोजना गरिने यो फोरममा विभिन्न विकास वित्तीय संस्था, प्रभावकारी लगानीकर्ता, निजी क्षेत्र, सरकारी नियामक निकाय तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागिता रहने नेपाल बैंकर्स सङ्घका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।

तीन दिने कार्यक्रममा नीति संवाद, लगानीकर्ताबीचको बैठक, क्षेत्रीय अवलोकन भ्रमणलगायत विविध गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ । बेलायती अन्तर्राष्ट्रिय लगानी, डच विकास बैङ्क तथा स्विस विकास सहयोग संस्थाको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रम नेपालमा वैदेशिक लगानी भित्र्याउन बनाइएको साझा प्लेटफर्म हो । २०२३ देखि हुँदै आएको यो फोरम नेपाल फर इम्प्याक्ट नेपाल, नेपाल बैंकर्स सङ्घ र नेपाल प्राइभेट इक्विटी एसोसिएसनको सहकार्यमा आयोजना हुन लागेको हो ।