Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध


महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध

 

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।

महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो।

निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सहायक नदीमा मलमुत्रयुक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाइ भुमिगत जलस्रोत पुनस्भरण गर्ने, नदीहरुमा कुनै किसिमको फोहोर नफाल्ने लगायको निर्णय गरेको छ ।

कसैले महानगरपालिकाले रोक लगाएको कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । नियमित अनुगमन काठमाडौं महानरपालिका र वडा कार्यालयहरुले गर्नेछन् ।