Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिए


नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिए

एजेन्सी। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् ।

यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो। साथै जेडी भान्सले पनि अमेरिकाको उपराष्ट्रपतिको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । शपथ ग्रहण गरेपछि ट्रम्पले राति १० बजेतिर कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा छन् ।

शपथ ग्रहण अघि उनी सेन्ट जोन्स चर्चमा पुगेका थिए । दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्प पत्नी मेलानिया र परिवारका सदस्यसहित समारोहमा पुगेका छन् । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।