Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर


स्थानीय बजारमा आज सुनको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।


बुधबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसैगरी, चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार ३० रुपैयाँ निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।