Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

औसत मूल्यवृद्धि ५.४४ प्रतिशत पुग्यो, सबैभन्दा महँगो मरमसला


औसत मूल्यवृद्धि ५.४४ प्रतिशत पुग्यो, सबैभन्दा महँगो मरमसला

काठमाडौँ — आर्थिक वर्ष २०८०—८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । तर, गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.५७ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार महिनामा यस्तो मूल्य वृद्धिदर ७.४४ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०—८१ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४०, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीहरूको ८.२९ प्रतिशतले बढेको छ । सोही अवधिमा घ्यू तथा तेल उपसमूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ११.३८, मनोरञ्जन तथा संस्कृतिको १०.९६, शिक्षाको ७.७३, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७५ र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । तर, सोही अवधिमा यातायात उप–समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको जनाइएको छ ।