Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लघुवित्तका ऋणी लाई राष्ट्र बैंकले आफू गुनासो टिपाउन गर्याे आग्रह


लघुवित्तका ऋणी लाई राष्ट्र बैंकले आफू गुनासो टिपाउन गर्याे आग्रह

काठमाडौं, श्रावण ११ । लघुवित्तबाट ऋण लिएकाहरू आफू पीडित भएको बताउँदै आन्दोलन उत्रिएको बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियम बाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ’ राष्ट्र बैंकले भनेको छ ।

गुनासोडट् एनआरबी डट् ओआरजी डट् एनपीबाट पनि निवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । लघुवित्तबाट ऋण लिएकाहरुले केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेजस्ता माग राखेर उनीहरु विरोधमा उत्रिएका हुन् ।