Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट पारित गर्न पहिलो पटक मत विभाजन


बजेट पारित गर्न पहिलो पटक मत विभाजन

काठमाडौं । प्रतिनिधि सभा बैठकमा पहिलो पटक मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार आर्थिक वर्ष २०८०,०८१ को विनियोजन विधेयक बजेट पारित गर्नका लागि मतविभाजन गरिएको हो । बजेटका विषयमा २०४७ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि यसरी मत विभाजन गरिएको पहिलो अभ्यास हो ।

संसदका पूर्वसचिव सोमबहादुर थापाले २०४८ सालयताको संसदीय अभ्यासमा पहिलो पटक मत विभाजनबाट बजेट पारित गरिएको बताएका छन् । थापाले भने, २०४८ सालयता अहिले पहिलो पटक मत विभाजनबाट गरिएको हो । यसअघिका वर्षहरूमा ध्वनीमतका आधारमा बजेट पारित हुने गरेका थिए ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले बजेट पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गराएका थिए । यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्विप जारी गरिसकेका छन् ।