काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत भएका छन् । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । उनले महासंघ उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसकेका छन् ।
एक दशकभन्दा बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् । यसअघि महासंघ कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।