Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा सबै उपसमूहको सूचक घट्यो, परिसूचक २५२९ बिन्दुमा


सेयर बजारमा सबै उपसमूहको सूचक घट्यो, परिसूचक २५२९ बिन्दुमा

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै परिसूचक २५२९ बिन्दुमा झरेको छ ।

घटेको बजारमा कारोबार रकम पनि कम भएको छ । आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार २२९ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । एक्सले विकास बैंकको ८ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीहरूको मूल्य ६ प्रतिशत पनि छोएको छैन ।

सोमबार सूचीकृत सबै उपसमूहको सूचक घटेको छ ।