Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा नयाँ कर नीति


ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा नयाँ कर नीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा आजदेखि नयाँ कर लगाउने तयारी गरेका छन् । अप्रिल २ तारिखलाई अमेरिकाको ‘मुक्ति दिवस’ भन्दै एक सम्बोधन कार्यक्रमको आयोजना गरी करको औपचारिक घोषणा गरे ।

राष्ट्रपति ट्रम्पले आज स्थानीय समयानुसार दिउँसो ४ बजे रोज गार्डेनमा सम्बोधन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । त्यसपछि लगत्तै नयाँ कर नीति लागू हुने ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले बताए । ट्रम्पको यस नीतिले विश्वव्यापी अर्थतन्त्रलाई असर पार्ने र ठूलो व्यापार युद्ध हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले आजदेखि घोषणा गर्ने नयाँ कर सबै देशमा लागू हुनेछ । नयाँ कर पहिले नै लागू भइसकेका करहरूबाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।