Sunday, August 10, 2025

२०८२ श्रावण २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काभ्रेमा विपद्पछि क्षतिग्रस्त निजी आवासको पुनःनिर्माण कार्य अलपत्र


काभ्रेमा विपद्पछि क्षतिग्रस्त निजी आवासको पुनःनिर्माण कार्य अलपत्र

काभ्रेमा विपद्पछि क्षतिग्रस्त निजी आवासको पुनःनिर्माण कार्य अलपत्र परेको छ । अघिल्लो वर्ष असोज १०, ११ र १२ को ठूलो वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आङ्कलन (डीडीए) भइरहेको रहेको छ । क्षति आँकलन शुरु गरिएको झन्डै चार महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोले क्षति पुगेको गाउँपालिकाको ५ सय ६३ घरको डीडीए गरिएको जानकारी दिनुभयो । क्षति भएका निजी आवासको पूर्णविवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनःनिर्माणकार्य अघि बढाउन नसकेको जनाएको छ ।

गएको चैत अन्तिम हप्ता सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन शुरु गरिएको थियो ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको शुरुआत गर्नुभएको थियो । स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटाइएको छ ।

काभ्रेका १३ पालिकामध्ये धेरै क्षति पुगेका नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतको विस्तृत क्षति आङ्कलनको पूर्णतथ्याङ्क आउन नसकेको हो । असोजको बाढीपहिरोबाट काभ्रेका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै वेपत्तामा सूचीकृत छन् ।