Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई महिनामा सरकारले शेयर बजार मार्फत १ अर्ब ४ करोड ९२ लाख रुपैयाँ सङ्कलन गर्यो


दुई महिनामा सरकारले शेयर बजार मार्फत १ अर्ब ४ करोड ९२ लाख रुपैयाँ सङ्कलन गर्यो

काठमाडौं । दुई महिनामा सरकारले शेयर बजार मार्फत १ अर्ब ४ करोड ९२ लाख रुपैयाँ सङ्कलन गरेको छ। गत मंसिर र पुस महिनामा उक्त रकम बराबरको राजश्व सङ्कलन भएको हो । सिडिएससिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंसिर महिनाको तुलनामा पुस महिनामा पूँजीगत लाभ करमा १४३ प्रतिशतले वृद्धि भएको छ।

मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ लाभकर सङ्कलन गरेको सरकारले पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पूँजीगत लाभकर असुल गर्‍यो। जुन मंसिरको तुलनामा १४३.६४ प्रतिशत बढी हो। शेयर बजारले गति समाएसँगै पुस महिनामा पूँजीगत लाभकर बढेको हो। सरकारले दोस्रो बजारमा हुने शेयर कारोबारमा हुने नाफामा पूँजीगत लाभकर उठाउने गर्छ।

जसमा दीर्घकालीन कारोबारमा हुने नाफामा ५ प्रतिशत, अल्पकालीनमा ७.५ प्रतिशत र संस्थागतबाट १० प्रतिशतका दरले असुल गर्ने गरेको छ। एक वर्ष भन्दा छोटो अवधिमा हुने नाफालाई सरकारले अल्पकालीन र त्यो भन्दा बढीको अवधिलाई दीर्घकालीन मान्दै आएको छ।

पुसमा दीर्घकालीन लगानीकर्ता भन्दा बढी सर्ट टर्म कारोबारी र संस्थापक बढी हाबी भएका छन्। पुसमा सबैभन्दा बढी सर्ट टर्म कारोबारीबाट लाभकर सङ्कलन भएको छ। गएको एक महिनामा सर्ट टर्म कारोबारीले मात्रै ५२ करोड ४४ लाख रुपैयाँ लाभकर तिरेका छन्। मंसिरमा भने उनीहरूले १४ करोड १४ लाख मात्रै तिरेका थिए। त्यसैगरि संस्थागत लगानीकर्ताले पुसमा ४६ करोड ५४ लाख रुपैयाँ लाभकर तिरेका छन्।

उनीहरूले मंसिरमा सात करोड १४ लाख मात्रै तिरेका थिए। यता दीर्घकालीन लगानीकर्ताले पुसमा १७ करोड ८९ लाख रुपैयाँ तिरेका छन्। उनीहरूले मंसिरमा ९ करोड २४ लाख रुपैयाँ तिरेका थिए।