Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुर्गा प्रसाइँ आफै प्रहरीमा उपस्थित हुने


दुर्गा प्रसाइँ आफै प्रहरीमा उपस्थित हुने

काठमाडौं । राजसंस्था पुनस्र्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ ।

मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’ उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।


‘हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’ उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’