Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत


पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत

काठमाडौं । बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटना भएको थियो ।

भ्यानमा सवार ६ जनामध्ये एक जना घाइते छन् । ४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।